जंगली जनावरका कारण किसानले भोगेका समस्याप्रति राज्य गम्भीर नभएको पोखरेलको आरोप
३० जेठ, २०८३, शनिवार
- उनले अब ढिलाइ नगरी सर्वदलीय बैठक बोलाएर यस विषयमा स्पष्ट राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने आवश्यकता औँल्याउदै संरक्षण क्षेत्रभित्र रहेका वन्यजन्तुको संरक्षणमा विशेष ध्यान दिनुपर्ने र आवश्यक परे संरक्षण क्षेत्र विस्तार गर्न सकिने उनको धारणा छ ।
काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले जंगली जनावरका कारण किसानले भोगिरहेको समस्याप्रति राज्य गम्भीर नभएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले जंगली जनावरले कृषि बाली नष्ट गरेपछि किसानहरू पीडित बनेको अवस्था चिन्ताजनक रहेको उल्लेख गरेका छन् । किसानहरूले बालीमा भएको क्षति देखाउँदै आक्रोश र पीडा व्यक्त गरिरहेका दृश्यले सबैलाई भावुक बनाइरहेको भए पनि राज्यका निकायहरू अन्तर्राष्ट्रिय सम्झौता र कानुनी व्यवस्थाका कारण समस्याबाट विमुख भइरहेको उनको भनाइ छ ।
पोखरेलले अन्तर्राष्ट्रिय सम्झौता र कानुनको बहाना देखाएर किसानलाई आफ्नै थातथलो र खेतीपातीबाट विस्थापित गर्न नहुने बताएका छन्। बाँदर, बँदेल र दुम्सीको आतंकका कारण कृषिमा निर्भर किसानहरू विस्थापित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले प्रकृति र मानवबीच सन्तुलन आवश्यक भए पनि त्यसका नाममा मानिसको उठिबास लाग्ने अवस्था स्वीकार्य नहुने बताएका छन् ।
उनले अब ढिलाइ नगरी सर्वदलीय बैठक बोलाएर यस विषयमा स्पष्ट राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने आवश्यकता औँल्याउदै संरक्षण क्षेत्रभित्र रहेका वन्यजन्तुको संरक्षणमा विशेष ध्यान दिनुपर्ने र आवश्यक परे संरक्षण क्षेत्र विस्तार गर्न सकिने उनको धारणा छ ।
तर कृषियोग्य क्षेत्रका लागि छुट्टै नीति आवश्यक रहेको बताउँदै उनले कृषि उत्पादन र किसान दुवैको संरक्षण हुने गरी नीति तथा कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
पोखरेलले किसानका समस्या समाधानका लागि ठोस कदम चाल्न अब धेरै ढिला भइसकेको समेत उल्लेख गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।